युवापुस्ता लक्षित ‘तिमी हुन्छौ जहाँ जहाँ’



अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनीत नयाँ चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ आउँदो असार ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि यी दुईले चलचित्र ‘रानी’ मा काम गरेका थिए ।

गीतसंगीत र ट्रेलरले चलचित्रप्रति दर्शकमा कौतुहलता बढ्दै गर्दा कलाकारदेखि निर्देशकसम्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ उत्कृष्ट चलचित्र बनेको बताउँछन् । सोमवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्देशक विकाश बस्यालले युवापुस्ताका दर्शकलाई लक्षित गरेर चलचित्र निर्माण गरिएको बताए ।

उनी भन्छन्, ‘एउटा सरल कथावस्तुमा निर्माण भएको चलचित्र हो ‘तिमी हुन्छौ जहाँ जहाँ’ । बनिरहेका चलचित्रहरुभन्दा फरक बनाउने प्रयास गरेका छौं ।’ अभिनेता मनिष भने चलचित्र मेकिङदेखि कथासम्म उत्कृष्ट रहेको दाबी गर्छन् ।

यस्तै, अभिनेत्री मलिना जोशीले युवापुस्ता केन्द्रित लभस्टोरी चलचित्र रहेको बताइन् । मनिषसँगको दोस्रो सहकार्य कस्तो रह्यो ? पत्रकारको प्रश्नमा उनी भन्छिन्, ‘एकदमै सजिलो । हामी मिल्ने साथी हौं । काम गर्न हामी दुवैलाई एकअर्कासँग एकदमै सहज लाग्छ । दोस्रो सहकार्य झन् रमाइलो भयो ।’

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।

यसमा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu