आलियाले यसकारण बढाइनन् पारिश्रमिक !



चलचित्र ‘राजी’ को सफलता पश्चात् पनि अभिनेत्री आलिया भट्टले आफ्नो पारिश्रमिक नबढाउने निर्णय लिएकी छिन् । उनले यो निर्णयको पछाडि निकै ठूलो कारण दीप‍िका पादुकोण मानिएको छ ।

खासमा, दीप‍िकाले ‘पद्मावत’ को सक्सेसपछि आफ्नो पारिश्रमिक निकै बढाएकी छन् । उनले चलचित्र पद्मावतका लागि आफ्ना को-स्टारभन्दा पनि बढी फिस बुझेकी थिइन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेकी थिइन् ।


तर, अहिले दीपिकासँग राम्रो प्रोजेक्ट आएपनि पछिल्लो चलचित्र बराबरको पारिश्रमिकको अफर भने आएको छैन । करण जौहरको ब्यानर पनि उनलाई ‘पद्मावत’ को बराबर फिस दिन तयार देखिएको छैन । पारिश्रमिकका कारण उनको हातबाट कयौँ ठूला प्रोजेक्ट फुत्कने सम्भावना देखिएको छ ।

दीप‍िकाको यो अनुभवबाट आल‍िया एकदम अलर्ट छिन् । पहिलो चलचित्रबाट नै हिटको तक्मा भिरेकी आल‍ियाले आफ्नो पारिश्रमिक खासै बढाएकी छैनन् । उनी राम्रो काम गर्न चाहन्छिन् । आलियाको यो निर्णय उनको करिअरका लागि सुखद हुने देखिन्छ ।

अचेल आल‍िया अमिताभ बच्चन, रणबीर कपूरसँग चलचित्र ‘ब्रह्मास्त्र’ को छायांकनमा व्यस्त छिन् । यसपछि उनको रणवीर सिंहसँग ‘गली ब्वाई’ चलचित्र पनि आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu