‘छक्का पञ्जा ३’ कोे गीतमा वर्षाले ठुम्का लगाउने



हाल अन्तिम चरणको छायांकन भइरहेको चलचित्र ‘छक्का पञ्जा ३’ मा अभिनेत्री वर्षा राउत एक गीतमा देखिने भएकी छिन् । निर्देशक दीपाश्री निरौलाले यो कुराको खुलासा गरेकी छन् ।

उनले भनिन्, ‘हामी चलचित्रको सम्पूर्ण दृश्य सकाएपछि गीत खिच्नेछौं । गीतमा वर्षा पनि देखिनेछिन् ।’ उनका अनुसार, वर्षाको चलचित्रमा एक गीतबाहेक अन्य सिन हुने छैन ।

रोचक कुरा त यो चलचित्रमा उनका प्रेमी संजोग कोइरालाको पनि अभिनय छ । उनले आफ्नो भागको सिन भने भ्याइसकेका छन् ।

गएको शनिवार मात्र अभिनेत्री स्वस्तिमा खड्काले पनि यो चलचित्र ज्वाइन गरेकी थिइन् । यसअघि उनी चलचित्रमा हुने विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । उनको एक गीत र केही सिन रहने बताइएको छ ।

यो चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu