‘चि मुसी चि’को शिर्ष गीत रिलिज, नम्रता भन्दैछिन् ‘चि मुसी चि’ (भिडियो)



काठमाण्डौ। श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत रिलिज गरिएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।

सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् । गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu