केकीका लागि बाबुले के गर्लान् | भिडियो



keki-babu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एउटा आशलाग्दो नाम हो ‘बितेका पल’ । बलिउडका हिट चलचित्रहरु ‘मै हुँ ना’ र ‘बर्फी’ शुटिङ भएको स्थल दार्जिलिङमा छाँयाकन गरिएको यस चलचित्रको सार्वजनिक ट्रेलर र गीतहरुको चर्चा अहिले चुलिएको पनि छ । चलचित्र रिलिज हुन १६ दिन बाँकी रहँदा बुधवार बेलुका क्रिशमसको शुभकामना सहित बितेका पलको अर्को लोक शैलीको गीत पनि सार्वजनिक भएको छ ।

‘तिम्रो लागी के गरु भनन्…’ बोलको उक्त गितमा चलचित्रकी अभिनेत्री केकी अधिकारी र बाबु बोगटीको अभिनय रहेको भिडियो देख्न सकिन्छ । यसअघि बितेका पलका दुई गित ‘जब साँझ पर्छ’ र ‘यो जुनीको जिवनसाथी’ सार्वजनिक भएका छन् जसमा विशेषगरी नवनायक अभिनाशसँग केकीलाई पाइन्छ । दुवै गित विश्वभरका नेपाली श्रोतामाझ चर्चित छन् ।

भर्खरै सार्वजनिक ‘तिम्रो लागी .’ बोलको गितमा भने बाबुसंग केकी खुशी भएको पाइन्छ । यस गितमा दिपक लिम्बु र शिव परियारको स्वर , डम्बर नेपालीको शब्द र संगित रहेको छ । पेमा लामाको कोरियोग्राफ रहेको यस गीतलाई हरि लामाले खिचेका हुन् ।

राजेश घतानीको निर्माण र सुरजसुब्बा नाल्बोको निर्देशनमा बनेको यस चलचित्रमा अभिनाषले छोडेपछि केकीलाई बाबुले साहारा दिन्छन् भन्ने दर्शकहरुको अग्रिम अड्कललाई यो गितको भिडियोले लगभग विश्वास दिलाउँछ । तर कथा कँहावाट शुरु हुन्छ र केकीका बितेका पल कस्ता हुन्छन् ? यो सबै जान्नका लागी त पुस २६ नै पर्खनुपर्छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu