साउन २५ मा ‘टिनएज’



चलचित्र ‘टिनएज’ अब साउन २५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दिनेश पाख्रिन निर्देशित यो चलचित्रले युवापुस्ताको कथा बोकेको छ ।

नेपालअघि जापान र कोरियामा प्रर्दशन हुने ‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।


विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu