‘जय भोले’ को ‘उम्लियो भने पोखिन्छ’ गीत रिलिज (भिडियो)



२०७५ को दशैंलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘जय भोले’ को पहिलो गीत ‘उम्लियो भने पोखिन्छ’ सार्वजनिक भएको छ । बिहीवार राजधानीको कुमारी हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

राजनराज आफैंले संगीत भरेको गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् । भिडियोमा चलचित्रका लिड कलाकारहरु फिचर्ड छन् । अभिनेता सौगात मल्ल र बुद्धि तामाङ ‘मित’ लगाउँदै गर्दाको रमझम गीतमा देखाइएको छ ।


अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई गीतमा बढी ‘स्क्रिन स्पेस’ दिइएको छ । अभिनेता खगेन्द्र लामिछाने, राजाराम पौडेललगायतका कलाकारहरु पनि गीतमा देखिएका छन् ।

१२ वर्षपछि निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले यो चलचित्र निर्देशन गरेका हुन् । ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित यस चलचित्रको बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको ‘जय भोले’ मा निर्माण र अभिनय पनि छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu