सृष्टिलाई भेडेटार घुमाउने कुरा गर्दै विनय (भिडियो)



विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘रोमियो एण्ड मुना’ को ‘भेडेटार घुमौला’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनयले सृष्टिलाई भेडेटार घुमाउने इच्छा व्यक्त गरेका छन् ।

कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् ।


‘भेडेटार’ सहित चलचित्रका चार गीत इन्टरनेट रिलिज भइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् ।

नरेश कुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’ मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । साथै, यसमा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ ।

साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको निर्माण प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले गरेका छन् ।

गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu