हातमा ज्याकेट बोकेर सडकमा आए हाँस्यकलाकार



बैकुण्ठ पराजुली, काठमाण्डौ। आगामी पौष २६ गतेबाट विश्वब्यापीरुपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘छ एकान छ’ को टिमले चलचित्र प्रचारप्रसारको नयाँ रणनीति अपनाएको छ । यो चलचित्रको निर्माण युनिट तथा कलाकारसहितको एक टिम बुधवार साँझ राजधानीको दरबारमार्गमा हातमा ज्याकेट सहित देखा पर्यो । त्यो ज्याकेट उनीहरुले सडक वालवालिकाको लागि बितरण गर्न ल्याएका थिए । आफ्नो चलचित्रको प्रचार प्रसार गर्ने नयाँ तरिका स्वरुप पौषको जाडोको समयमा यो चलचित्रको टिमले सडक वालवालिकाको लागि ज्याकेट बितरण गरेको हो ।

कुनै एक कमर्सियल बैंकले प्रायोजन गरेको सो ज्याकेटमा ‘छ एकान छ’ चलचित्रको नाम समेत उल्लेख छ । चलचित्रका निर्माता निर्मल शर्मा, दिपाश्री निरौला सहित कलाकार दिपकराज गिरि, सितारक कट्टेल (धुर्मुस) सिवहरि पौडेल लगाएतले सडक वालवालिका लाई ज्याकेट लगाईदिंदै उनीहरु संगै चलचित्रको गित समेत गएका थिए ।
यो चलचित्रलाई दिनेश डिसीले निर्देशन गरेका छन् । कार्यक्रममा कलाकार तथा निर्माता दिपकराज गिरीले सहजीक कार्य सहितको प्रचारको लागि आफुले यो प्रकारको नयाँ उपाए अपनाएको बताए ।

sadakma-kalakar
यसैबीच पछिल्लो केहि दिनमा यो चलचित्रको प्रचार प्रसारमा तुलनात्मक रुपमा कम सक्रियता देखाएका भनिएका चलचित्रका निर्देशक निर्देशक दिनेश डिसी भने उक्त कार्यक्रममा उपस्थित भएनन् । निर्माताले निर्देशक डिसी कार्यव्यस्तताको कारण उपस्थित हुन् नसकेको बताए ।

तर निर्देशक डिसीले भने यो कुराको खण्डन गर्दै आफु हरुको टिममा कुनै नराम्रो नरहेको बताएका छन् । ‘हामीविच कुनै मतभेद छैन’ डिसीले ठुलोपर्दासँग भने, ‘मैले सके सम्मको प्रचार गरि नै रहेको छु , यो सँगै निर्माता तथा कलाकारहरु बाट पनि प्रचार प्रसारको काम भैरहेको छ’ । डिसीले चलचित्र प्रदर्शनमा आउने दिन अझै टाढा नै रहेको भन्दै केहि दिन पछि आफु चलचित्र ‘छ एकान छ’ को नयाँ प्रकारको प्रचारप्रसारको तरिका लिएर आउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu