नेपाली चलचित्र म:म जस्तै बन्नु पर्छ: राजेश हमाल



rajesh-hamal
बैकुण्ठ पराजुली, काठमाडौं।
पछिल्लो समय प्रदर्शनमा आएका धेरै नेपाली चलचित्रले आशातित सफलता हासिल गर्न सकेका छैनन् । खासमा चलचित्र नचल्नु भनेको चलचित्रका लक्षित दर्शकको माग अनि चाहना अनुरुपको कथावस्तुमा चलचित्र निर्माण नहुनु मुख्य कुरा हो । यो विषयमा नेपाली चलचित्रका बरिष्ठ कलाकार, नायक राजेश हमालले चलचित्र खाने परिकार (मःम) जस्तो बन्नुपर्ने धारणा राखेका छन् ।

ठुलोपर्दासँग कुरा गर्दै हमालले भने ‘मःम भनेको जुनसुकै देशका अनि जुनसुकै समुदायका मानिसहरुले पनि मन पराउने परिकार हो, त्यसैगरि नै चलचित्र पनि सबै समुदायका मानिसहरुको मन जित्न सक्ने खालको कथामा निर्माण हुनुपर्छ। यो भएमा अनी बल्ल व्यापारिक सफलता पनि हात पर्छ’।

हमालले दर्शकलाई चलचित्र हेर्न आएनन भनेर दोष लगाउनु भन्दा पनि राम्रो कथामा चलचित्र निर्माण गर्न समेत निर्माता निर्देशकलाई आग्रह गरेका छन । ‘कुनै ‘स्टार’ कलाकारले अभिनय गरेर मात्र चलचित्र चल्छ भन्ने होईन, मुख्यतः कथावस्तु दर्शकको मन जित्न सक्ने खालको हुनुपर्छ’ हमालले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu