‘पुरानो बुलेट’ मा अनुपको वर्षा र मालासँग रोमान्स



अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ निर्माण हुने भएको छ । बिहीवार एक कार्यक्रमका बीच यस चलचित्र औपचारिक निर्माण घोषणा गरिएको छ । यसमा उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु देखिँदैछन् । भिषण राईले यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् ।


१ करोडको लागतमा निर्माण हुने बताइएको चलचित्रको छायांकन असार १५ गतेबाट सुरु हुनेछ । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक राईले जानकारी दिए । समसामयिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई आउँदो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।

यसमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुकोे पनि अभिनय रहनेछ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

अभिनेता अनुपले नयाँ टिमसँग सहकार्य गर्न पाउँदा खुसी प्रकट गरे । अभिनेत्री वर्षा आफू जन्मिएको ठाउँ मोरङ्गमा चलचित्रको सुटिङ्ग हुने हुँदा खुसीले फुरुङ्ग भएको बताइन् । अर्की अभिनेत्री मालाले पनि ‘पुरानो बुलेट’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् ।


निर्देशक राई र सन्तोष राईको कथा रहेको यसमा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बुकोे संगीत, राजेशपायल राई, जयन जे। वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu