साउन २५ लाई तोकियो ‘पिरिम पर्‍या छन्’ को रिलिज डेट



अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर कमेडी चलचित्र ‘पिरिम पर्‍या छन्’ आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक पुरन थापाले शुक्रबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।


निर्देशक पुरनकै लेखन रहेको चलचित्रमा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्‍या छन्’ बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य चलचित्र बताइएको ‘पिरिम पर्‍या छन्’ का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu