‘बोबी’ को ट्रेलरमा उमेश र कविताको कथा



उमेश थापा र कविता गुरुङको अभिनय तथा वास्तविक प्रेमकथामा बनेको चलचित्र ‘बोबी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा यी दुईबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ ।

उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।


नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । उमेश र कविताको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ । यसका निर्देशक तथा निर्माता मिलन चाम्स हुन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu