देशका चार शहरमा लाईभ प्रस्तुती दिँदै अनमोल, गर्दैछन् नेत्रहिन महिलालाई सहयोग



काठमाण्डौ। युवास्टार अनमोल केसीले देशका चार प्रमूख शहरहरुमा हुने कार्यक्रममा लाईभ प्रस्तुती दिने भएका छन् । शनिवार राजधानीको पाँच तारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मोनिका इन्टरनेशनल ग्रूपले ‘अनमोल साँझ २०१८’बारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा अनमोल आँफै उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतीबारे जानकारी दिएका हुन् । भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, कला सँस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिएको छ । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन् । यो कार्यक्रमको लागि अनमोलले पारिश्रमिक नलिएको कार्यक्रममा बताईयो । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफुले पारिश्रमिक नलिएको अनमोलले बताए ।

अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’

भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ गते उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रूपका अध्यक्ष कमल जिसीले जानकारी दिए । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा ओर्लिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

आयोजक संस्था मोनिकाका अध्यक्ष जिसीले पर्यटन प्रर्बद्धन तथा विशुद्द सामाजिक कार्यका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् ।

यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ । चारवटै शहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रर्बद्धन हुने, कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरु तथा शिक्षा मूलक सडक नाटक तथआ स्थानिय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu