हेर्नुहोस् आर्यन र साम्राज्ञीको ‘कायरा’ ट्रेलर (भिडियो)



अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स र विछोड देखाइएको छ ।

यस चलचित्रलाई अभिनेता आर्यन स्वयमले निर्माण गरेका हुन् । पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो चलचित्रप्रति दर्शकको चासो केही माथी छ । अभिनेता सिग्देलले ‘कायरा’ म्यूजिकल लभस्टोरी कथामा निर्माण भएको बताए ।

उनले भने, ‘चलचित्र क्षेत्रमा १५ वर्षभन्दा बढी विताइसकेँ । लभस्टोरी चलचित्रको पारखी भएर म यहाँसम्म आइपुगेको हुँ । ‘कायरा’ पनि लभस्टोरी चलचित्र नै हो । यो अन्य चलचित्रभन्दा भिन्न तरिकाले बनेको छ ।’

अभिनेत्री साम्राज्ञी कथावस्तुका कारण आफू चलचित्र गर्न राजी भएको बताउँछिन् । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । निर्देशक रिजाल आफूले उत्कृष्ट लभस्टोरी चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको र चलचित्रले दर्शकलाई निराश नबनाउने ठोकुवा गरे ।

उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । फिलिपिन्स र नेपालमा यसको छायांकन गरिएको छ ।

हेर्नुहोस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu