नेपाल र अमेरिकामा एकसाथ ‘रोमियो एण्ड मुना’



अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा यो चलचित्र प्रदर्शन गर्न लागेको हो । नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन् ।


चलचित्रको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि चलचित्र बिक्री भएको निर्माता गोपालीको भनाई छ ।

‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।

चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । उक्त चलचित्र प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu