चलचित्र ‘बुलबुल’ बन्ने, स्वस्तिमा टेम्पो ड्राइभर



अभिनेत्री स्वस्तिमा खड्कालाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘बुलबुल’ बन्ने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ ।


यस चलचित्रमा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाहा गर्दैछिन् । ‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । विनोद पौडेलले यो चलचित्रलाई निर्देशन गर्दैछन् । चलचित्रमा उनकै कथा तथा पटकथा छ ।

राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस चलचित्रले बोल्नेछ । स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, ‘पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।’ उनले करीब २ महिना लगाएर टेम्पो सिकेको पनि बताइन् ।

उक्त चलचित्रका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस चलचित्रलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । निर्देशक पौडेलले कथाअनुसार पात्र र नाम चयन गरेको बताए । उनी ‘बुलबुल’ बनिरहेका चलचित्रभन्दा फरक हुने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu