फेसबुकमा आयो प्रदीपको ‘रोजी’ टीजर (भिडियो)



अभिनेता प्रदीप खड्काकोे प्रमुख भूमिका रहेको नयाँ चलचित्र ‘रोजी’ को टीजर सार्वजनिक भएको छ । चलचित्रको टीजर यूट्युबभन्दा पहिला फेसबुकमा अपलोड भएको छ । श्रीधर भारद्वाजले फेसबुकमा ‘रोजी’ को टिजर शेयर गरेका छन् ।

टीजरमा प्रदीपले आफ्नी प्रेमिका रोजी उर्फ परमिता आरएल राणामाथि गोली चलाएका छन् । उनले टीजरको अन्तिममा भनेका छन्, ‘मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ । मलाई ऊबाट र उसलाई यो संसारबाट ।’


टीजरमा प्रदीप ग्यांगस्टार लुक्समा प्रस्तुत छन् । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा थप उत्सुकता जगाएको छ । यो चलचित्र रोजी महर्जनको हत्या प्रकरणमा आधारित रहेको चर्चा छ । तर, निर्माण टिमले भने यो कुरा नकार्दै आइरहेको छ ।

‘रोजी’ को अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । निरक पौडेल निर्देशित यस चलचित्रमा कर्मा शाक्य, मिरुना मगर, पल्पसा डंगोललगायतका कलाकारहरुको पनि अभिनय छ । टीजरमा चलचित्रको प्रदर्शन मिति राखिएकोे छैन ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको चलचित्रको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । यसको कथा केदार भुषालले लेखेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu