सलोनले खोले ‘ब्रेकअप’ नगर्नुको कारण !



अहिलेका ‘डिमाण्डेड’ अभिनेता सलोन बस्नेतले ‘गाजलु’ फेम्ड निर्देशक हेमराज विसी निर्देशित चलचित्र ‘ब्रेकअप’ बाट हात झिकेका छन् । नेपालसँगै अष्ट्रेलियामा खिचिने यो चलचित्रमा अभिनेता आशिरमान देशराज जोशी प्रमुख भूमिकामा छन् । अष्ट्रेलिया सुटिङका लागि निर्माण टिम मंगलवार मात्र त्यसतर्फ प्रस्थान गरेको छ ।

किन छाडे त ‘ब्रेकअप’ ? असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत चलचित्र ‘बाबु कान्छा’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यस विषयमा मुख खोले । उनी निर्माण टिमसँगको सहमतीमै आफू चलचित्रबाट बाहिरिएको बताउँछन् ।


उनी भन्छन्, ‘अहिले म चलचित्र ‘यात्रा’ मा व्यस्त छु । ‘ब्रेकअप’ साइन गर्दाखेरि नै यो मितिमा म टाइम दिन भ्याउँदिनँ भनेको थिएँ । भिषा प्रक्रियामा धेरै समय लाग्यो । ‘यात्रा’ को सुटिङ नभ्याइएका कारण ‘ब्रेकअप’ लाई समय दिन सकिनँ’, उनले भने । उनले अष्ट्रेलियाको भिषा आफूले नपाएको खबर गलत रहेको पनि बताए ।

‘ब्रेकअप’ बाट हात झिक्दा सलोनलाई एउटा कुरामा भने ठूलो फाइदा भएको छ । आफ्नै पिता शोभित बस्नेतको निर्माण र निर्देशन रहेको चलचित्र ‘बाबु कान्छा’ को प्रचारमा उनले समय निकाल्न पाएका छन् ।

हेर्नुहोस् ‘बाबु कान्छा’ को ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu