‘कहिँ कतै’ को नयाँ गीत रिलीज, हिमालको काखमा उमा र किशोरको प्रेम (भिडियो)



काठमाण्डौ। श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को नयाँ गीत ‘यो मौसम’को भिडियो सार्वजनिक गरिएको छ । यूट्युब मार्फत सार्वजनिक यस गीतमा सचिन सिंहको संगीत रहेको छ भने थुप्देन भूटिया र मेलिना राईको स्वर रहेको छ । शब्द रचना मनोज राजको रहेको छ ।

कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरु रहेका छन् ।

यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । कहिँ कतै’लाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।

सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu