लजाउँदै शिल्पाले भनिन्, ‘म पनि आर्यनकै फ्यान हुँ’



shilpa-pokhrel
बैकुण्ठराज पराजुली, काठमाडौं ।
कुनै समय आँफु तथा आफ्नो व्यानरमा निर्माण हुने प्रायः सबैजसो चलचित्रमा रेखा थापालाई लिँदै आएका निर्माता छविराज ओझाले रेखासँग सम्बन्ध राम्रो नभएपछी आफ्ना चलचित्रमा नायिका फेर्न सुरु गरे । पछिल्लो चलचित्र ‘लोफर’मा नयाँ नायिका रजनी केसीलाई अभिनय गराएका छवि अहिले छायांकनमा रहेको अर्को चलचित्र ‘लज्जा’मा पनि अर्की नायिका शिल्पा पोखरेललाई लिएका छन् ।

नायकमा आर्यन सिग्देललाई लिईएका छविका पछिल्ला दुवै चलचित्रमा अर्को रोचक तथ्य के छ भने दुवै नायिकामा उनले आर्यनका फ्यानलाई पाएका छन् । यो संयोग हो या उनले आर्यनका फ्यानलाई नै खोजी-खोजी आफ्नो चलचित्रमा ल्याए त्यो भने निर्माता छविराजलाई नै थाहा होला । चलचित्र ‘लोफर’को एक कार्यक्रममा नायिका रजनीले पत्रकारमाझ आँफु पहिले देखी नै नायक आर्यनको फ्यान रहेको बताएकी थिईन भने ‘लज्जा’ नायिका शिल्पाले पनि आँफु आर्यनको पहिले देखीनै फ्यान रहेको बताएकी छन् ।

ठुलोपर्दा डटकमसँग कुरा गर्दै शिल्पाले भनिन्, ‘म नेपाली चलचित्रका नायकहरुमा मलाई आर्यनजी पहिले देखी नै मन पर्थ्यो, त्यसमा पनि चलचित्र ‘कसले चोर्यो मेरो मन’मा उहाँको अभिनय देखेपछी त म झनै ठुलो फ्यान बन्न पुगें’ । शिल्पाले यसभन्दा पहिले आर्यनसँग अभिनय गर्ने कुरा सपना जस्तै लागेको बताउँदै आफ्नो पहिलो चलचित्रमा नै आर्यनसँगै अभिनय गर्ने अवसर दिएकोमा निर्माता छविराज ओझाको पनि तारिफ गर्न पछी परिनन् ।

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पाको ‘लज्जा’ भने ठुलोपर्दाको पहिलो चलचित्र हो । यो चलचित्रबाट नै उनको नेपाली रजतपटमा यात्रा सुरु भएको छ । उनले म्युजिक भिडियोमा अभिनय गर्दा र चलचित्रमा अभिनय गर्दा धेरै फरक पर्ने भएपनि टिम मिलेको कारण आफुलाई त्यस्तो कुनै अप्ठ्यारो महशुस नभएको बताईन् । छविराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरिरहेको चलचित्र ‘लज्जा’को अहिले काठमाडौंमा छायांकन भईरहेको छ । यो चलचित्रमा शिल्पा र आर्यन मुख्य पात्रका रुपमा देखा पर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu