जर्सी लगाएर ‘झमक बहादुर’ को प्रचार



विश्वकपले तातेको छ संसार । रसियाको गोलपोस्टमा बर्सिने गोलले नेपालका फुटबलप्रेमीको मुटुको धड्कन बढाइरहेको छ । ‘विश्वकप २०१८’ मा सहभागी देश र मनपर्ने खेलाडीको समर्थनमा जर्सी लगाएर आम मानिसले मात्र होइन कलाकारहरुले पनि फोटोसुट गर्ने क्रम बढ्दो छ ।

एक कलाकारले एक टिमको जर्सीमा फोटोसुट गर्नु नौलो अवश्य होइन तर एक चलचित्रको पूरै टिमले जर्सीमा फोटोसुट गर्नु भनेको नौलो नै मान्नु पर्छ ।

साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘झमक बहादुर’ को पूरै युनिटले बिश्वकपमा सहभागी टिम ब्राजिल, अर्जेन्टिना र स्पेनको जर्सी लगाएर फोटोसुट गराएका छन् । बिश्वकपको माहोल तातेको बेला जर्सीको तस्बिरले चलचित्र प्रचारमा सजिलो हुने देखेर पूरै टिमले फोटोसुट गरेको निर्देशक भोमन कटुवालले बताए ।


‘झमक बहादुर’ मा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेत लगायतका कलाकारको अभिनय रहेको छ भने बालकलाकारको रुपमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिलाकुमारी डल्लाकोटी सह-निर्माता, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन/सूर्य/सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन रहेको चलचित्रमा ओम सुनुवारको संगीत रहेको छ ।

नेपाली समाजको वास्तविक चित्र झुपडीमा बस्ने र महलमा बस्ने बीचको द्वन्द्वात्मक कमेडी चलचित्र बताइएको ‘झमक बहादुर’ का निर्माता मिनकुमार तामाङ हुन् । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu