बन्ने भयो ‘ल्याङ्ग ल्याङ्ग’, को-को छन् कलाकार ?



वितरक तथा निर्माता करण श्रेष्ठले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत् निर्देशनमा डेब्यु गरेका छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्रको औपचारिक निर्माण घोषणा गरियो ।

कमेडी र सोसल स्टोरीमा निर्माण हुने बताइएको यस चलचित्रको छायांकन भदौ अन्तिम साताबाट सुरु हुनेछ । चलचित्रमा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, दमन रुपाखेतीलगायतका कलाकाहरुको अभिनय रहनेछ ।


चलचित्रमा अझै एक अभिनेत्रीको लिड अभिनय रहनेछ । उनको नाम भने कार्यक्रममा खुलाइएन । चलचित्रमा एक ट्याक्सी ड्राइभर र बारमा काम गर्ने एक युवतीबीचको प्रेम देखाइनेछ । अमृत माया श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘ल्याङ्ग ल्याङ्ग’ को कथा सोम खुस्कु माझीले लेखेका हुन् ।

काठमाडौं, सिन्धुली, अष्ट्रेलिया, बहराईनमा खिचिने चलचित्रमा टंक बुढाथोकीको संगीत र अर्जुन भट्टराईले गीत लेखेका छन् । प्रदीप कुमार चौधरीको चलचित्रमा स्क्रिन प्ले र डाइलग छ । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने उक्त चलचित्र साहिल खानले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu