‘बोबी’ कन्सर्टमा राजेशदेखि कक्रोज-बलेसम्मको प्रस्तुति



असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ टिमले देशव्यापी कन्सर्ट गर्ने भएको छ । ‘बोबी लाइभ कन्सर्ट – नेपाल टुर’ नाम दिइएको कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा टुंगिनेछ ।

टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ का कलाकार कक्रोज र बले, विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ‘बोबी’ का मुख्य पात्र कविता गुरुङ उमेश थापा सहभागी हुनेछन ।

१८ गते पोखरा (सभागृह मिडटाउन), १९ गते चितवन (नारायणी रिभर साइड), २० गते हेटौंडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ सिनेमा), २१ गते धरान (बसपार्क), २२ गते दमक (गोकर्ण डिपार्टमेन्ट), २२ गते बिर्तामोड (हनुमान कम्प्लेक्स) हुँदै ‘बोबी’ टिम काठमाडौं फिर्ने छ ।


यस्तै, २५ गते काठमाडौँको बिजी मल र सोही दिन ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्यविनायकमा पुगेर कन्सर्टलाई पूर्णविराम लगाइनेछ । ‘बोबी’ का निर्देशक मिलन चाम्सले कन्सर्टमा प्रत्यक्ष उपस्थित भएर चलचित्रको बारेमा दर्शकलाई जानकारी गराउनेछन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

‘बोबी’ उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित चलचित्र हो । चलचित्रमा यी दुई नै लिड रोलमा छन् । यसमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu