अनुपको ‘पुरानो बुलेट’ को छायांकन सुरु



भिषण राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुरानो बुलेट’ को असार १६ गते शनिवारबाट छायांकन सुरु भएको छ । काठमाडौंका बिभिन्न स्थानमा छायांकन सकेर निर्माण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए ।

पूर्वाञ्चलका विभिन्न स्थानहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक राईले जानकारी दिए । यसमा अभिनेता अनुप विक्रम राई रअभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहेका छन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्दैछन् ।


कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुकोे पनि अभिनय रहने यस चलचित्रको निर्माण लागत १ करोड रहने बताइएको छ ।

निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा तथा पटकथा रहेको छ । ‘पुरानो बुलेट’ मा हरि घले लामाको छायांकन, प्रसान्त तामाङको कोरियोग्राफी, उत्तम जंग लिम्बु र जयन जे। वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu