‘यो पागल मन’ को पोस्टर सार्वजनिक



असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपानेको प्रेमभाव बोल्छ ।

कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको पनि यो चलचित्रमा अभिनय छ ।


अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu