जापानमा ‘कान्छी’ को प्रदर्शन, सम्मानित भए निर्देशक



चलचित्र ‘कान्छी’ को प्रदर्शनका लागि जापान पुगेका निर्देशक आकाश अधिकारी सम्मानित भएका छन् । आइतवार टोकियोस्थित नाकानो जेरो सिटी हलमा चलचित्रको विशेष प्रदर्शनसँगै विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ ।

नेपाल जापान विजनेश काउन्सिल, द स्काइ मूभिज प्रा.लि. र साईनो इन्टरटेन्टमेन्टको संयूक्त आयोजनामा “जापानमा नेपालको पर्यटन प्रर्बद्धन” मा टेवा पुर्‍याउने उद्देश्यले नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउन योगदान गरेका जापानी नागरिकहरुलाई विशेष सम्मान गरिएको हो ।


अधिकारीसँगै स्व. जनुको तावेइ, मिउरा युउइचिरो, खाकिमि काजुमासा, डा. इतो तोसिआकि र नोजु हारुहितो पनि कार्यक्रममा सम्मानित भए । कार्यक्रम संयोजक सुजन पन्तले जापान र नेपाल बीचमा पुलको भूमिका निर्वाहा गरि चौतर्फी रुपमा राष्ट्रको हकहितमा काम गर्ने व्यक्तिलाई सम्मान गरेको बताए ।

कार्यक्रममा बोल्दै ‘कान्छी’ का निर्देशक अधिकारीले नेपाल र जापानको सम्बन्धमा सुधार भए पर्यटन प्रर्बद्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनलाई नेपाली चलचित्र क्षेत्रको गुणस्तर प्रविधि विकास र चलचित्र प्रर्बद्धनमा पुर्‍याएको योगदानको मुल्याङ्कन र कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै, ‘कान्छी’ लाई जापानबासी नेपालीले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेर फर्किँदै गर्दा अधिकांशका आँखा रसाएका थिए । यो चलचित्रमा श्वेता खड्का र दयाहाङ राईको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu