‘पञ्चायत’ र ‘अग्नी दहन’ विशेष चलचित्र घोषित



चलचित्र विकास बोर्डको १८ औं बार्षिकोत्सवमा शिवम् अधिकारी निर्देशित चलचित्र ‘पञ्चायत’ र घनश्याम लामिछानेद्धारा निर्देशित चलचित्र ‘अग्नी दहन’ पुरस्कृत भएका छन् । बोर्डले पुरस्कृत दुई चलचित्रलाई सवटाइटलिङ गर्न २ लाख समेत प्रदान गरेको छ ।

शनिवार सम्पन्न बार्षिकोत्सवमा विकास बोर्डले आफ्ना भावी कार्ययोजना समेत प्रस्तुत गरेको छ । बक्सअफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागू गरिने, सोही आर्थिक वर्षभित्र राष्ट्रिय चलचित्र विकास नीति लागू गरिने, नेपालको पहिलो चलचित्र ‘आमा’ र पहिलो रंगीन चलचित्र ‘कुमारी’ लाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गरिने बोर्डको भावी कार्ययोजना भित्र छ ।


यस्तै, तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १६ वटा चलचित्रहरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । बोर्डले बार्षिकोत्सव कार्यक्रममा महिला निर्देशकको पुरस्कार दिपाश्री निरौलालाई प्रदान गरेको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलले बक्सअफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पुराना चलचित्रहरुको डिजिटलाइजेसन जस्ता महत्वपूर्ण कामहरु आफूले आगामी आर्थिक बर्ष भित्रै सक्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu