गालामा थप्पड हान्नुभयो भने पनि म हाँस्छूः रेखा थापा



rekha-2
अनिल यादव, काठमाण्डौ।
हलिउडमा एन्जेलिना जोलीदेखि बलिउडमा अमिताभ बच्चनसम्म आफ्नो कलाकारिताका कारण मात्र परिचित छैनन् । त्यो सँग-सँगै सामाजिक सेवा पनि उनीहरुको बेग्लै पहिचान बनेको छ । अब यस्तै एउटा नाम थपिएको छ नेपाली सिने नगरीमा पनि । त्यो हो नेपाली नायिका रेखा थापा । नायिका थापाले आफ्नो अभिनय सँग-सँगै समाजसेवालाई पनि अघि बढाउने उद्धेश्यका साथ शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी विशुद्ध सामाजिक सेवा गर्ने अभिप्राय बोकेको ‘रेखा थापा फाउन्डेशन’ को औपचारिक उद्घाटन गराएर परोपकारी कलाकारको सुचीमा थपिएकी हुन् ।

rekha-4
नायिका थापाको उक्त फाउन्डेशनले औपचारिक उद्घाटन अगावै नेपालको लोपोन्मुख नेपाली जातिको रुपमा चिनिएको फिरन्ते जीवन व्यतित गर्ने ‘राउटे’ जातिका ४ बालबालिकाहरुलाई राजधानीमा उच्च शिक्षा दिने निर्णय गरिसकेको छ । राउटे जातिका मुख्य सल्लाहकार शिवराम राउटेले नायिका रेखाको उक्त फाउन्डेशनको उद्घाटन ब्यानर खोलेर गरिदिएका थिए । फाउन्डेशनको वेभसाईटको पनि कार्यक्रममा उद्घाटन गरिएको थियो ।

‘६ वर्षका कलिला चार बालबालिकाहरुलाई अहिले राजधानीको स्वयम्भुमा रहेको आनन्दकोटी विद्यालयमा भर्ना गराईसकेकी छु’, फाउन्डेशनकी अध्यक्ष नायिका रेखाले भनिन्, ‘अब उनीहरु आफ्नो जातिको हकअधिकारका लागि लड्नसक्ने एक सचेत र सक्षम नागरिक बन्छन् भन्ने मेरो दृढ विश्वास छ । ’

rekha-3

राउटे जातिसम्म रेखा कसरी पुगिन् र उनले त्यो जातिप्रति देखाएको सद्भाव, स्नेह र सम्वेदनाले भरिपुर्ण  २५ मिनेट लामो डकुमेन्ट्री पनि उक्त पत्रकार सम्मेलनमा देखाइएको थियो । डकुमेन्ट्री हेरेपछि उपस्थित चलचित्रकर्मी र चलचित्र पत्रकारहरुका आँखा रसाएका थिए ।

यसैगरी कार्यक्रममा रेखाले विभिन्न सपना बोकेर काम गर्न खाडी मुलुक कतार गएका दाङका गणेश विकको निधनपछि विचल्लीमा परेका आमा–बुबा तिलक र वसन्ती वि.क.लाई नगद ५० हजार फाउन्डेशनका तर्फवाट सहयोगस्वरुप हस्तान्तरण समेत गरिन् । सञ्चारमाध्यममा आएको खबरबाट प्रभावित भएर रेखाले उक्त सहयोग गरेकी हुन् ।

rekha-5
त्यसैगरी कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, नायिका रेखाका गुरु वास्तुशास्त्री हरिहर आचार्य लगायतले रेखाको यो सामाजिक सेवा गर्ने अठोट सिंगो चलचित्र क्षेत्रलाई मात्र नभएर देश विकासको जिम्मा पाएका राजनितिज्ञहरुको लागी पनि गतिलो झापड रहेको आशय देखाउदै मन्तव्य राखेका थिए ।

नायिका रेखा १२ वर्षअघि चलचित्र ‘हिरो’ वाट नेपाली सिने क्षेत्रमा प्रवेश भएकी थिइन् । ‘मेरो यो लामो कलाकारिता यात्रावाट जति म उत्साहित थिए, त्यो भन्दा बढी उत्साहित उत्पीडित र पिछडिएको जीवन बिताइरहेका मेरा दर्शकहरुको सेवा गर्ने मेरो यो कदमदेखि भएकी छु’, कार्यक्रममा रेखाले भनिन् । कार्यक्रममा रेखाले आफुलाई यो पलसम्म पुर्‍याइदिने सबैलाई धन्यवाद दिदै भनिन्– ‘त्यो नायिका रेखा थापालाई आलोचना गर्नुस् तर तपाईकै छोरी–चेली भएर समाजसेवामा लागेकी यो रेखा थापालाई उपदेश र माया दिनुस् । छोरी–चेली सम्झेर गालामा थप्पड हान्नुभयो भने पनि म त्यसलाई हाँसीहाँसी अनुसरण गर्ने छु’, उनले थपिन् ।

rekha-1

रेखाद्वारा स्थापित ‘रेखा थापा फाउन्डेशनका उद्धेश्य के हुन् त ?
१) बालबालिकाहरुको चारित्रीक विकासमा परिवर्तन ल्याई चरित्रवान, अनुशासित, राष्ट्रप्रेमी, न्यायप्रमी, मानवतावादी, कला साहित्य र संस्कृपत, प्रकृति वा वातावरणप्रेमी, योग्य इमान्दार प्रतिभावना विधार्थी तयार पार्ने ।
२) सम्बन्धित निकायको स्वीकृति लिई सामुदायिक अस्पताल, स्कूल तथा क्याम्पस संचालन गर्ने ।
३) शिक्षा जनस्वास्थ्य, गरिबी तथा असहाय, अपाङ्गहरुसंग सम्बन्धित विधि कार्यक्रम गर्नुका साथै सम्बन्धित निकायको स्वीकृति लिई अनाथालय तथा वृद्धा आश्रम संचालन गर्ने ।
४) अति पिछडिएका महिला, अनाथ बालबालिका, असहाय वृद्ध वृद्धाले सेवा र हितको लागि आवश्यक कार्य गर्ने गराउनेको साथै विगतको जनयुद्धबाट पिडितहरुलाई समेत विशेष सहायता तथा सहयोग गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu