अर्पण र ऋचाको ‘चक्कर’ ट्रेलर रिलिज (भिडियो)



साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सेक्स र क्राइमको मिश्रण छ ।

ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाबीच द्वन्द्व देखिन्छ । यस्तै, अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ, जसले चलचित्रको कथामाथि केहि सस्पेन्स पनि छोड्छ ।


नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली चलचित्रहरु भन्दा केहि पृथक बाटोमा रहेर चलचित्र बनाएको उनले बताए ।

अभिनेत्री ऋचाले आफूले पहिलो पटक प्रहरीको भूमिका निभाएको भन्दै दर्शकलार्इ ‘चक्कर’ को खुराक मनपर्ने बताइन् । अर्पण र सृजना पनि चलचित्रलाई लिएर आशावादी देखिए ।

सिमित बजेटमा निर्माण भएको यो चलचित्रको सम्पादनको काम पनि निर्देशक स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो ।

चलचित्रको सम्पादन पनि निर्देशक रौनियारले स्वयमले गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu