ऋचालाई ‘पटियाला कुर्ता’ लगाउन विनोदको आग्रह (भिडियो)



असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई राजेशपायल राईले गाएका छन् ।

दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोमा विनोद न्यौपाने र अभिनेत्री ऋचा सिंह ठकुरी फिचर छन् । विवाहपछि पर्दामा नदेखिएकी अभिनेत्री ठकुरीको यो कमब्याक चलचित्र हो ।


कल्याण अधिकारी निर्देशित यस चलचिलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र विनोदसँगै गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो चलचिमा अभिनय छ ।

अर्जुन पोखरेलको संगीत रहेको चलचिलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu