‘अनुराग’ पोस्टरमा समुन्द्रसँग रोमान्टिक बनिन् एलिजा



चलचित्र ‘अनुराग’ पूर्व निर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ । साउन २५ बाट पोस्टपोन्ड भएर यो चलचित्रको प्रदर्शन मिति अब असोज १२ गतेलाई तय गरिएको छ ।

नयाँ प्रदर्शन मिति घोषणासँगै पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ को चार अफिसियल पोस्टर सार्वजनिक भएका छन् ।


पोस्टरमा नव-अभिनेत्री एलिजा र नव-अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । ‘कान्छा दाई’ र ‘यस्तो साथी’ बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले चलचित्रप्रतिको उत्सुकता झनै बढाएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu