विल्सन स्टारर ‘साली कस्को भेनाको’ ट्रेलर रिलिज (भिडियो)



भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साली कस्को भेनाको’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा दुईअर्थी शब्द बढी प्रयोग गरिएको छ ।

विल्सन बिक्रम राई, बुद्धि तामाङ, सुष्मा कार्की, रजनी गुरुङ, मरिश्का पोखरेल, जयनन्द लामा, कविता आलेको यो चलचित्रमा अभिनय छ ।


प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।

मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि ‘कान्छी’, ‘कर्जा’ लगायतका चलचित्र निर्माण गरेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu