यही असार २९ गतेबााट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ को मेरो पहिलो प्रेम बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा सलोन र करिश्मा एकअर्कालाई आफ्नो पहिलो प्रेम भन्दै हिमालको काखमा रमाइरहेका छन् ।
कमल खत्री र सुधा रत्नको स्वर रहेको गीतमा शुशील पंगेनीको शब्द र टंक बुढाथोकीको संगीत सुन्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको पनि अभिनय रहेको छ । यो चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।
उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।
गीत हेर्नुहोस् :-