साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को ‘सुखमा…’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।
फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरिरहेका छन् । भिडियोमा यी दुईको जोडी कमालको देखिएको छ । पहिलो पटक यो कपलले सँगै काम गरेका हुन् ।
सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् ।
‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।
गीत हेर्नुहोस् :-