हलमा लागे ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’



फ्राईडे रिलिज अन्तर्गत यो शुक्रवारका लागि चार चलचित्र ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ देशव्यापी प्रदर्शनमा आएका छन् ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । चलचित्रमा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

विवाहपछि काँचको पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर चलचित्र हो ‘यो पागल मन’ । यसका उनको जोडी अभिनेता विनोद न्यौपानेसँग बाँधिएको छ ।


कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो चलचित्रमा अभिनय छ ।

अभिनेता सलोन बस्नेतको लिड अभिनय रहेको चलचित्र ‘बाबु कान्छा’ लाई उनकै पिता शोभित बस्नेतले निर्माण र अभिनय गरेका हुन् । उनको अपोजिटमा रियल प्रेमिका करिश्मा श्रेष्ठ छिन् ।

यसमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको पनि अभिनय रहेको छ ।

यस हप्ता नेपाली हलमा उमेश थापा र कविता गुरुङको बायोपिक चलचित्र ‘बोबी’ प्रदर्शनमा आएको छ । यी दुईको वास्तविक प्रेमकथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका छन् ।
चलचित्रमा रियल कपलकै अभिनय छ ।

गएको बुधवार राजधानीमा गरिएको प्रिमियरमा चलचित्रले सबैबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu