यूट्युबको नेपाल सँस्करणको पहिलो नम्बरमा ‘नाईं नभन्नू ल ५’ ट्रेलर



भाद्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘नाईं नभन्नू ल ५’ को ट्रेलर यूट्युबको नेपाल सँस्करणमा पहिलो स्थानमा उक्लिएको छ । ३ दिन अगाडि इन्टरनेट रिलिज भएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

चलचित्र ‘नाईं नभन्नू ल’ को पाँचौं भागमा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अभिषेक नेपालका साथै प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । चलचित्रमा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फ्यामिली ड्रामा चलचित्र रहेको बताए ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu