साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’ को दुई पोस्टर सार्वजनिक भएका छन् । पोस्टरले चलचित्र कमेडी प्रधान रहेको प्रष्ट हुन्छ ।

केहीअघि ट्रेलर सार्वजनिक हुँदा ‘झमक बहादुर’ दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भनेर चर्को आलोचना भएको थियो । तर, यो कुरा गलत रहेको निर्देशक भोमन कटुवाल बताउँछन् ।
उनले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताए । सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको छ ।
यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतम चलचित्रका छायाँकार हुन् ।




