दीलिप र जयकिशनको ‘पिरिम पर्‍या छन्’ ट्रेलर रिलिज (भिडियो)



साउन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिरिम पर्‍या छन्’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेतलाई श्रीमती पीडित भनिएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्रलाई बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य फिल्म बताइएको यस चलचित्रका गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ ।

‘पिरिम पर्‍या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । कमेडी जनराको यो चलचित्रमा पुरन थापाको लेखन, निर्देशन र निर्माण छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu