चन्द्रागिरीमा ‘रोमियो एण्ड मुना’ को प्रचार



पर्यटकिय गन्तव्य चन्द्रागिरी हिल्स पुगेर साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ टिमले प्रचार गरेको छ । विनय श्रेष्ठ (रोमियो) र सृष्टि श्रेष्ठ (मुना) सँगै निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीसहितको टोली चलचित्रको प्रचार गर्न त्यहाँ पुगेका हुन् ।


उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । मेयर गिरीले चन्द्रागिरी नेपाली चलचित्रको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा चलचित्र हल बनाइने समेत आश्वसन दिए ।

‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गर्‍यो । विनय र सृष्टिले आफ्नो लागि ‘रोमियो एण्ड मुना’ विशेष रहेको बताए । उनीहरुले चन्द्रागिरी घुम्न गएका सयौँ दर्शकसँग चलचित्रबारे अन्र्तक्रिया पनि गरे ।

‘डाइङ क्यान्डल’ बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहेनत गरेर बनाएको बताए । पहिलो पटक चलचित्र बनाएका निर्माता गोपालीले चलचित्रले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे ।


प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । ‘हामी राजधानी बाहिर गएर पनि चलचित्रको प्रोमोशन गर्छौ’, निर्माता गोपालीले भने । चलचित्रमा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu