‘वीराङ्गना’ ले काट्यो केक, तर किन ?



शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलको प्रमुख भूमिका रहेको चलचित्र ‘वीराङ्गना’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । पृथ्वीराज प्रसाईँको पनि लिड रोल रहेको यो चलचित्र देशभरका ७० बढी हलमा लागेको निर्माताको दाबी छ ।

शुक्रवार र शनिवारको सुखद कलेक्सनले दंग चलचित्रको टीमले आइतवार राजधानीमा एक कार्यक्रमका बीच केक काटेर सेलिव्रेसन गरेको छ । खुसियाली मनाउन निर्माताहरु बाबुराम दास, श्यामबहादुर थापासँगै निर्देशक राजबहादुर साने र अभिनेता पृथ्वी उपस्थित थिए ।


निर्माता श्यामबहादुर थापाले आफ्नो लागि दर्शकबाट पाएको प्रतिक्रिया नै सबैभन्दा ठूलो कमाई रहेको बताए । उनले फिल्मको कलेक्सनबाट पनि सन्तुष्ट रहेको बताएका छन् । निर्देशक सानेले भने नेपाली चलचित्र क्षेत्रमा ठूलो राजनीति हुने गरेकोमा दुखेसो पोखे ।

उनी भन्छन्, ‘यसअघि ‘वृन्दावन’ को पालामा पनि निकै दुख पाएका थियौँ । ‘वीराङ्गना’ मा पनि त्यो दुख दोहोरियो । हामी नयाँ भएका कारण सबैबाट अत्याचार भयो । त्यो दुखलाई चलचित्रको व्यापारले खुसी तुल्याएको छ । ‘

उनी प्रचार-प्रसारमा साथ नदिएको भन्दै कलाकारमाथि पनि खनिए । अनुपको बारेमा खासै बोल्न नचाहेका निर्देशक साने, शिल्पाप्रति भने कडै रुपमा प्रस्तुत भए ।

उनले भने, ‘प्रचारमा राम्रो साथ दिनुभयो तर शनिवार हल पुग्दा अधिकांश दर्शकले उहाँलाई खोज्नुभएको थियो । तर उहाँ हुनुहुन्न थियो । शिल्पा जीलाई सराप लाग्छ ।’ उनले आगामी चलचित्रमा शिल्पाको नाम आउँदा एकपटक सोचेर मात्र निर्णय लिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu