बर्षा भन्छिन्, ‘प्याकेजको चलचित्र हो ‘भैरे’



सुपरहिट चलचित्र ‘नाई नभन्नु ल २’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री बर्षा सिवाकोटीको पछिल्लो रिलिज चलचित्र ‘कारखाना’ हो । यसपछि उनी पर्दामा देखिएकी छैनन् ।

झण्डै १ वर्षपछि उनी अभिनीत नयाँ चलचित्र ‘भैरे’ यही शुक्रवारबाट देशभरका हलमा लाग्दैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा उनलाई डर र उत्साह दुवै छ । यो चलचित्रमा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ ।

उनी आफूले गरेका अन्य चलचित्रभन्दा ‘भैरे’ फरक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘नेपालीपन बोकेको चलचित्र हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’


उनी ‘भैरे’ लाई अर्गानिक चलचित्र भन्न रुचाउँछिन् । ‘एउटा प्याकेजको चलचित्र बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ चलचित्रमा नेपालीपनलाई बढी फोकस गरिएको छु, उनले भनिन् । अभिनेत्री सिवाकोटी ‘भैरे’ ले आफूलाई भर्सटायल बनाउन पनि सहयोग पुर्‍याउनेमा विश्वस्त छिन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu