हेर्नुहोस् आर्यन र सृष्टिको ‘बाँध मायाले’ टीजर (भिडियो)



असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा अभिनेता आर्यन अधिकारी र पूर्वमिस नेपाल तथा ‘गाजलु’ फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ ।


सबिर श्रेष्ठ निर्देशित लभस्टोरी चलचित्र ‘बाँध मायाले’ बाट किशोर खड्का नव-नायकको रुपमा डेव्यु गर्दैछन् । यो चलचित्र रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।

चलचित्रमा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।

टीजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu