‘साली कस्को भेनाको’ रोमान्टिक गीत रिलिज (भिडियो)



भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी जनरामा निर्मित चलचित्र ‘साली कस्को भेनाको’ को ‘माया तिमीलाई…’ बोलको गीत सार्वजनिक भएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको छ भने संगीतकार ठकुरी र आकांक्षा बस्यालको स्वर छ ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र नव(नायक देव सागर प्रस्तुत छन् ।

विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, वीरेन श्रेष्ठ, पुष्प आचार्य, जयनन्द लामा, कविता आलेको पनि यो चलचित्रमा अभिनय छ ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।


मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् ।


‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि ‘कान्छी’, ‘कर्जा’ र ‘सन्तान’ चलचित्र निर्माण गरिसकेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu