अनुप स्टारर ‘झमक बहादुर’ को दोस्रो ट्रेलर रिलिज (भिडियो)



साउन १८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको कमेडी जनरामा निर्मित अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ ।

पहिलो ट्रेलर सार्वजनिक हुँदा यो चलचित्र दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो । यो चलचित्रमा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् ।


निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई चलचित्रको मुख्य विषय बनाइएको छ ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । यसमा पवन गौतमको छायांकन छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu