रेखाको ‘मालिका’ गीत सार्वजनिक (भिडियो)



यस वर्षको लक्ष्मीपूजामा प्रदर्शन हुने अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ‘हल्का माया के माया…’ बोलको गीत सार्वजनिक भएको छ ।

अभिनेत्री रेखा थापा फिचर्ड गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको छायांकन जाजरकोट दरबार परिसरमा गरिएको छ ।

गीतमा अञ्जु पन्तको सोलो स्वर छ । नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा देश जोड्ने कुरा गरिएको अभिनेत्री थापाले बताइन् ।

रामशरण उप्रेतीको छायांकन रहेको ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।

शिवम अधिकारीको लेखन पटकथा रहेको चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu