राजधानीका २० हलमा बक्स अफिस लागू



नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्सअफिस प्रणाली साउन १ गतेबाट राजधानीका २० वटा हलमा लागू भएको छ ।

सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरे ।


राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ । बाँकी केहि हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अब निर्माताले घर(घडेरी डुवाउनु पर्ने दिन आउने छैन । कलाकारले आफ्नो मिहेनतको पारिश्रमिक पाउनेछन् । राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य भएको छ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।’

मन्त्री बाँस्कोटाले अगाडि भने, ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ उनले हलहरुको वर्गिकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने पनि घोषणा गरेका छन् ।

(गोपीकृष्ण हलका कर्मचारी कम्प्युटरमार्फत् टिकट काट्दै)

बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । सबैको अनुहारमा बक्स अफिस लागू हुँदाको खुसी छचल्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu