एमालेको जोकर पात्र भुवन केसी | सभासदको सपना तुहियो



bhuwan-kc-UML2ठुलोपर्दा डटकम, काठमाण्डौ। अन्तत: नायक भुवन केसीको संबिधानसभामा सदस्य बनेर जाने सपना पूर्णत: तुहिएको छ । ठुलो विवाद र संघर्षका बीच एमालेले भुवन केसी बाहेकका अन्य व्यक्तिहरुको नाम सिफारिश गरेपछि केसी एमालेको तर्फबाट सभासद बन्ने सपना समाप्त भएको हो ।

केसीले यसअघी सभासद बन्नैक लागि एमालेमा प्रवेश गरेको बताएका थिए । दोश्रो संविधानसभको निर्वाचनमा प्रत्यक्ष तर्फको मतपरिणाम आइसकेपछि समानुपातिकमा नाम सिफारिस गर्न कदम चल्दा बित्तिकै एमाले भित्रकै केहि समुहके भुवन केसी सभासद बन्ने कुनै क्षमतावान व्यक्ति नभएको भन्दै उनलाई सभासद नबनाउन एउटा अभियान नै चलाईएको थियो ।

एमालेले शुक्रबार टुंगो लगाएको समानुपातिकतर्फको नाममा कलाकार केसी परेका छैनन् । एमालेले सुरुमा प्रत्यक्षतर्फ केसीको नाम सिफारिस गर्दा नै कार्यकर्ताबाटै व्यापक बिरोध भएपछी पछि पार्टीले उनलाई समानुपातिकतर्फ नाम समावेश गरेको थियो । काठमाडौं क्षेत्र नं १ बाट केसीले प्रत्यक्षतर्फको टिकट पाउनै लागेका थिए । त्यो पनि केसीले सभासद नपाउने हो भने मा अर्को पार्टीमा प्रवेश गर्छु भनेपछि मात्र उनलाई समानुपातिकको नाम लिस्टमा समावेश गर्दा पटक-पटक विवादमा आउने नायक भुवनको ठुलै चर्चा भएको थियो ।

आफूलाई उम्मेद्वार बनाउन नखोजेको भन्दै कलाकार केसी राप्रपा नेपालमा प्रवेश गर्न खोजेका थिए । पछि एमाले नेतृत्वले टिकट दिने आश्वासनमा केसीलाई फकाएर पार्टीमा नै राखेको थियो । कहिले कुन पार्टी त् कहिले कुन पार्टीमा कलाकारितासँगै राजनीति पनि गर्छु भन्ने नायक भुवन केसी अन्तत: यता न उताका बनेका छन् । यधपी यो बारेमा केसीको कुनै भनाइ भने बाहिर आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu