‘ब्ल्याक’ गीतमा आकाश र आँचलको प्रेम (भिडियो)



भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिम्रो लागि…’ बोलको गीतले अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको प्रेमभाव बोल्छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । गीतको भिडियोमा आकाश र आँचलको केमेस्ट्री सुहाएको छ ।

प्रदिप श्रेष्ठ निर्देशित चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।

‘ब्ल्याक’ लाई गोविन्द शाही, उज्जवल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu