आर्यनको अभिनय देखेर डाहा हुन्छ : साम्राज्ञी आरएल शाह



अहिलेकी सर्वाधिक डिमाण्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत नयाँ चलचित्र ‘कायरा’ यही साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी चकलेडी ब्वाई आर्यन सिग्देलँग बाँधिएको छ ।

यी दुईले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो चलचित्रप्रति दर्शकको चासो अलि बढी नै छ । साम्राज्ञीले ‘कायरा’ को स्क्रिप्ट औधि मन परेका कारण काम गर्न राजी भएको बताएकी छन् ।

उनी भन्छिन्, ‘कायरा’ को स्क्रिप्ट सुन्दा मन भारी भएर रुन मन लागेको थियो । आर्यन दाले मलाई स्क्रिप्ट सुनाउनु भएको थियो । सुरुमा ठिकै लाग्यो । सुन्दै गएँ सुन्दै गएँ । स्क्रिप्ट सुनिसक्दा त म आर्यन दाको सामुन्ने पो पुगिसकेको रहेछु ।’

७ कक्षा पढ्दैगर्दा फिल्म ुमेरो एउटा साथी छु हेरेपछि उनी आर्यनको फ्यान भएकी रहेछिन् । उनी आर्यनको अभिनयको तारिफ गरेर थाक्दिनन् । उनी थप्छिन्, ‘नबोलेरै उहाँको आँखाले अभिनय गर्छ । मैले उहाँ जस्तो नेचुरल अभिनय गर्ने कलाकार भेटेको छैन । उहाँको अभिनय देखेर मलाई डाहा हुन्छ ।’

‘आर्यन दामा आफू स्टार हुँ भन्ने घमण्ड छैन । काम गर्न सहज हुनुहुन्छ’, उनले थपिन् । साम्राज्ञीले भविष्यमा राम्रो प्रोजेक्ट मिले फेरि सँगै काम गर्न इच्छुक रहेको पनि बताइन् । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् ।

उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu